पार्टि संकटमा छैन: देउवा

 चैत २५, २०७७

तुलसीपुर ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सङ्कटमा नभएको र आफू कमजोर पनि नभएको बताउनु भएको छ। नेता नवीन्द्रराज जोशीको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको पनि बताउनुभयो ।

नेताहरुले पार्टी सङ्कटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै सभापति देउवाले पार्टी कहिल्यै पनि सङ्कटमा नरहेको उल्लेख गर्नुभयो । काँग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका रहेकोमा उहाँको जोड थियो । सभापति देउवाले नेता जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताउनुभयो ।

तपाईंको प्रतिक्रिया