पत्रकार महासंघ सल्यानको अध्यक्षमा पौडेल निर्वाचित

 चैत २६, २०७७

तुलसीपुर ।
नेपाल पत्रकार महासंघ सल्यानको अध्यक्षमा नवीन कुमार पौडेल निर्वाचित हुनुभएको छ । उहा ४४ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । उहाका प्रतिस्पर्धी मिना बुढाथोकीले ४३ मत प्राप्त गर्नुभएको हो । यस्तै उपाध्यक्षमा शंकर केसी ४६ मत प्राप्त गरि विजयी हुदा तिलकराज वलीको ३९ मत आएको थियो ।

उपाध्यक्ष महिलामा सरिता चलाउने ४६ मत मत प्राप्त गरि विजयी हुदा पुष्पारिजन डिसी ३९ मत आएको थियो । सचीवमा टिकाराम भण्डारी ४८ मतका साथ विजयी हुदा खगेन्द्र केसीको ३८ मत प्राप्त गर्नुभएको छ । सहसचिव खुल्लामा आशिष केसी ४६ मतका साथ विजयी हुदा हिमाल उपाध्यायले ४१ मत प्राप्त गर्नुभयो ।

सहसचिव समाबेशी तर्फ बुद्धिमान पुन ५७ मतका साथ विजयी हुदा चुडामणी पुनले २९ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा शिवलाल डाँगी ५१ मतका साथ विजयी हुदा विरेन्द्र डिसीको ३५ मत प्राप्त भएको थियो ।

त्यसैगरी दलित सदस्यमा खेमराज स्वर्णकार ७७ , खुला सदस्यमा अमृत बुढाथोकी ५१, भरत देवकोटा ४५, संजिव श्रवण देवकोटा ४२ ,पदम गिरी ४१ र महेश कुमार वली ४० मत ल्याई विजयी हुनुभएको हो । जिल्लामा ८७ मत खसेको थियो ।

तपाईंको प्रतिक्रिया