जातीय दुर्व्यवहार गर्दै कुटपिट गर्दा मृत्युु

 चैत २८, २०७७

तुलसीपुर । जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा झापामा एक दलितको ज्यान गएको छ । गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । जातीय विभेदकै कारण घटना भएको पीडित परिवार र छिमेकीको भनाइ छ ।

घिमिरे परिवारले विगतदेखि नै आफ्ना बाबुलाई जातीय दुव्र्यवहार गर्दै आएको छोरी कञ्चनले बताइन् । आर्थिक रूपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रूपमा पनि बहिष्कृत थिए । ‘सानो जातको भनेर हामीलाई सधैँ गाली गर्ने, हेप्ने गर्थे,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘मोहन घिमिरे सोमबार मातेर आएका थिए । बुबा सुतिरहेको ठाउँमा आएर कुट्न खोजे । हामीले मिलाएर पठायौँ । पछि बुबा आफूलाई हेपेको विषयमा कुरा गर्न जानुभयो । त्यसपछि उहाँलाई कुटे । बुबाले प्रतिकार गर्न सक्नुभएन ।’ नयाँ पत्रिकाबाट

तपाईंको प्रतिक्रिया