विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि

 चैत २८, २०७७

तुलसीपुर ।

नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आइसकेको छ ।

बुधबार रुकुम पूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको उनले जानकारी दिए । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चार ग्राममा अहिले काठमाडौ जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि रहेको छ । पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए ।

पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया