सार्की समाज तुलसीपुरको अध्यक्षमा सबिन

 चैत २८, २०७७

तुलसीपुर ।

नेपाल सार्की समाज तुलसीपुरको भेला आज तुलसीपुरमा सम्पन्न भएको छ । भेलाले सबिन नेपाली सार्कीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्षमा प्रेम सार्की, सचिवमा अञ्जली सार्की,कोषाध्यमा अखील सार्की चयन भएका छन । त्यसै गरी सदस्यहरुमा प्रकाश सार्की,अनिल सार्की र कालि बहादुर सार्की चयन भएको जिल्ला कोषाध्यक्ष चक्र प्रकाश सार्कीले जानकारी दिएका छन ।

जित बहादुर सार्कीको अध्यक्षता तथा केन्द्रीय बरीष्ठ सल्लाहकार डिल्ली सार्कीको प्रमुख आतिथ्यमा भेला भएको हो । जोगेन्द्र सार्कीको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा केन्द्रीय अध्यक्ष देव कुमार सार्की लगायतले बोलेका थिए । उनिहरुले सार्की समुदायलाई संगठित गर्दै सीँगो दलीत समुदायको हक हितको लागि समाजले भुमिका खेल्दै आएको बताएका थिए ।

तपाईंको प्रतिक्रिया