प्रियासन सहित १६ पत्रकार बिभुषित हुदै

 चैत २९, २०७७

तुलसीपुर ।

प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश इञ्चार्ज एवम् नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकार लाई बिभुषित गरिदै छ । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो ।

प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक सम्पादक हुनुहुन्छ । पत्रकार महासंघ दाङको दुई कार्यकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गर्नुभएका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिनुहुन्छ । उहाँ उपन्यासकार समेत हुनुहुन्छ ।

प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् । नयाँ वर्ष २०७८ को पहिलो दिन वैशाख १ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट बाट विभुषित हुने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिक्रिया