गेस्ट हाउसमा एक पुरूष मृत भेटिए

 चैत २९, २०७७

काठमाडौं ।

काठमाडौंको गोंगबुस्थित गोदावरी सन्तोषी गेस्ट हाउसको २०४ नम्बरको कोठामा एक पुरूष मृत भेटिएका छन् । शनिबार राति पौने १० बजेतिर भेटिएको उनी स्याङ्जा घर भइ नवलपरासी बस्दै आएका नारायण घर्ती मगर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृतकको साथबाट नागरिकताको फोटोकपी फेला जनाइएको छ। शरिरमा बाहिरी चोटपटक केही नदेखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार शनिबार गेस्ट हाउसको २०४ नम्बरको कोठाका राजु क्षेत्रीका नाममा इन्ट्री भएको थियो ।

शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको र थप अनुसन्धान पनि अघि बढाएको प्रहरीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया