ग्याँस बिस्फोट हुँदा एकको मृत्युु

 चैत ३०, २०७७

लमही ।
देउखुरीमा सिलिन्डर ग्याँस बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरुरिया निवासी वर्ष ६५ का पर्शु नारायण चौधरी रहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरिया देखि गढवा गाउँपालिका वडा नम्बर १ बडहरा जोड्ने झोलुङ्गे पुल निर्माण हुँदै छ, सोही पुल निर्माण गर्नका लागि कामदारहरुको क्याम्प साइड छ, कामदारहरुले मोबाईल चार्ज गर्न राखेको बेला तार सर्ट भएर आगलागी भएको घटनाको प्रकृतिले देखाएको प्रहरी निरीक्षक भट्टले भने ।

उक्त क्याम्पमा आगलागी भएपछी स्थानीय पर्शु नारायणले बाल्टिन बाट पानी लिएर आगो निभाउन आउँदै गर्दा बिस्फोट भएको ग्याँसको टुक्राले खुट्टाको पिडुलामा चोट लागि गम्भीर घाइते भएका थिए । गम्भीर घाइते पर्शु नारायणलाई उपचारका लागि सिसहनीयाँ लगिएको र त्यहाँ सामान्य उपचार पछि थप उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो ।

लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । उनलाई चोट लागेपछी उद्दार गर्ने मान्छे कोहि नहुँदा अत्याधिक रक्तस्राव भएर ज्यान गएको लमही अस्पतालले बताएको छ ।

तपाईंको प्रतिक्रिया