तुलसीपुरमा १० संक्रमित थपिए

 चैत ३०, २०७७

तुलसीपुर ।

तुलसीपुरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्ज मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जस अन्तरगत वर्डा नं ६ का ५ जना, वडा नम्बर १३ का २ जना, वडा नम्बर २ का एक जना, वडा नम्बर १२ का एक महिला र वडा नम्बर १० का एक पुरुष रहेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन । यी मध्ये यी मध्य ४ जनालाई वेलझुण्डी आईसोलेसनमा पठाइएको छ भने २ जना भेरी आईसोलेसनमा भर्ना हुनु भएको छ ।

संक्रमित १ जना भारतबाट आएको, एक जना काठमाडौँवाट, ४ जना नेपालगन्जवाट आएको वुझिएको छ । तुलसीपुरमा हाल सम्म ८६१ संक्रमित हुदा २३ जनाको ज्यान गएको छ ।

तपाईंको प्रतिक्रिया