तुलसीपुर उपमहानगरको २९औं स्थापना दिवस

 चैत ३०, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिका कार्यालयले आज आफनो २९औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा कार्यालयले दीर्घकालिन रणनीतिक तथा आवधिक योजनाको मस्यौदा माथि अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन वन तथा बातावरण मन्त्री लिला गिरीले जनप्रतिनिधि विहीन अवस्थामा जनताले दुख पाएकोे स्मरण गर्दै अहिले जनप्रनितिधिलाई जनताको काम गर्न भ्याईनभ्याई भएको उहाले बताउनु भयो ।

नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री गिरीले दाङ उपत्यका सुन्दर र पर्यटकिय गन्तव्य बन्ने लाएक भएकाले यस क्षेत्रको कृषि, वन , पर्यटनको विकास गर्न जरुरी रहेको बताउनु भएको थियो । उपप्रमुख माया शर्मा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विज्ञ विकिरण गौतमले पाँच बर्षिय आवधिक रणनितिक योजनाको बारेमा जानकारी दिनु भएको थियो दुर्गालाल केसीले २५ बर्षिय रणनितिक योजना तर्जुमाका लागी २५ वटा विषयमा प्रकास पार्नु भएको थियो ।

यसैविच सोही कार्यक्रममा घोराही र तुलसीपुरलाई विपद न्युनीकरण सम्बन्धमा दुई उपमहानगरपालिका विच सहमती भएको छ । तुलसीपुरका नगरप्रमुख पाण्डे र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले सहमती पत्रमा हस्ताक्षर गर्नु भएको हो । त्यस्तै उपमहानगरपालिकाको दीर्घकालिन रणनीतिक तथा आवधिक योजनाको मस्यौदा माथि आज र भोली दुई दिन सम्म छलफल र परामर्श गरी अन्तिम रुप दिनका लागी कार्यपालिकामा पेश गरिने भएको छ ।
कार्यक्रममा तुलसीपुर ४ लामीदमार घर भई हाल क्यानडा बस्ने नर बहादुर टण्डनले किशोरीहरुका लागी २० वटा साईकल सहयोग गर्नु भएको छ । उक्त साईकल उहाका बुवा ९४ बर्षिय लाल बहादुर टण्डन र आमा ८४ बर्षिया तारादेवी टण्डनले नगरप्रमुख र किशोरीहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
दिवसकै अवसरमा आयोजित कार्यक्रममा कोरोना माहामारी नियन्त्रण तथा रोकथामका लागी फिल्डमा खटिएका स्वास्थ्यकर्मी, प्रचारप्रसारको क्षेत्रबाट सहयोग गरेकोमा विभिन्न सन्चार माध्यम,आर्थिक तथा जिन्सी र खाद्यन्न सहयोग गर्ने दाता लगाएत कृषि,व्यापार, उद्योग लगाएतको क्षेत्रमा क्रियाशिल भएर उदाहरणिय काम गरेका थुप्रै व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण नगर प्रवक्ता सुर्य बहादुर डाँगीले गर्नु भएको थियो ।।

तपाईंको प्रतिक्रिया