आइपिएल : बैंग्लोरको लगातार दोस्रो जित

 बैशाख ०२, २०७८

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आइपिएल) को १४औं संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा चेन्नईमा भएको खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले हराएको हो ।

पहिलो खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई २ विकेटले हराएको थियो । हैदरावादको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा उ कोलकाता नाइटराइडर्ससँग १० रनले पराजित भएको थियो ।

लो स्कोरिङ म्याचमा १५० रनको मध्यम लक्ष्य पछ्याएको पछिल्ला ६ विकेट २७ रन बनाउँदै गुमाएपछि हैदरावाद २० ओभरमा ९ विकेट गुमाउँदै १४२रन मात्र बनाउन सक्यो ।

तपाईंको प्रतिक्रिया