जिल्ला प्रशासन गुल्मी शोकमा, सबै सेवा ठप्प

 बैशाख ०२, २०७८

गुल्मी ।

सवारी दुर्घटनामा प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय, गुल्मी शोकमा डुबेको छ। आज (बिहीबार) प्रशासनबाट हुने सबै सेवाप्रवाह रोकिएको छ ।

नव वर्षको पहिलो दिन गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि कार्यालयका ११ जना कर्मचारीसहित १७ जना सवार रहेको लु १ज १६५५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका-३, रुमालेमा दुर्घटना हुँदा प्रशासकीय अधिकृत श्याम न्यौपाने ,कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका खरिदार ईश्वरी भण्डारी, नागरिकता फाँटका खरिदार यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सन्दीप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिष मुखिया, मुना पाण्डे र सुनिता कँडेललाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । 

तपाईंको प्रतिक्रिया