तुलसीपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

 बैशाख ०२, २०७८

तुलसीपुर ।

दाङमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी ५५ बर्षीय महिलाको मृत्यु भएको हो ।

चैत २३ गते कोरोना पुष्टि भएपछि २४ गते अस्पतालमा भर्ना भएकि ती महिलाको आज मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिए । उनका श्रीमान् पनि संक्रमित रहेको र आईसीयुमा रहेको वलीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया