नेपालगञ्जका शैक्षिक संस्था एक साता बन्द

 बैशाख ०२, २०७८

नेपालगञ्ज ।

कोरोना भाइरसको संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि उपमहानगरपालिका भित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेको भन्दै उप महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय पनि गरेको छ ।

तपाईंको प्रतिक्रिया