थारु महिलाहरु डेल्वा बुन्दै

 बैशाख ०२, २०७८


दिप्तीशिखा चौधरी,दंगीशरण ।
दंगीशरण गाउँपालिका वडा न. ३ मा डेल्वा बुनाई तालीम सुरु भएको छ । थारु परम्परागत हस्तकला डेल्वा बुनाई तालीममा थारु महिलाहरुको सहभागिता रहेको छ । नेपाल हस्तकला महासंघ काठ्मान्डौँको प्रायोजक तथा दाङ्ग हस्तकला संघको आयोजनामा भएको एक महिने तालीममा १० जना थारु महिलाहरुले सहभागिता जनाएका छन् । तालीमको प्रशिक्षकमा थारु सिल्पकार मिनादेवी थारु रहनु भएको छ ।

दाङ्ग हस्तकला संघले थारु लोक संस्कृतीको पहचान जोगाउानका लागि हस्तकला निर्मी तालीम संचालन गर्दै आएको छ । थारुहरु प्रयोगमा ल्याउँने कच्चा पदार्थको सदुपयोग पनि हुने र थारु परम्परागत बस्तुहरु पनि निर्माण हुने भएकाले दाङ्ग हस्तकला संघ थारु लोक परम्परागत हस्तकला निर्माणमा केन्द्रित भएको संघका अध्यक्ष अशोक थारुले बताए ।

तपाईंको प्रतिक्रिया