दाङ सहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान आग्रह
काठमाडौं ।
कोरोना भाइरसको उच्च जोखिममा रहेका जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिममा रहेको १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान आग्रह गरेको हो ।
बालबालिका र युवामा बढी कोरोना संक्रमण देखिएकाले मन्त्रालयले विद्यार्थीलाई विद्यालय नजान आग्रह गरेको हो । मन्त्रालयले विद्यालय बन्द गरे निर्णय भने गरेको छैन् । मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित जिल्लाको सूचीमा राखेको छ ।
रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सिनेमा हल, सपिङ मल, पार्टी प्यालेसलगाएतका स्थलहरु पनि सञ्चालन नगर्न र त्यहाँ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।
तपाईंको प्रतिक्रिया