खेलक्षेत्रको विकास भएमात्र राष्ट्रको विकास: सेन

 बैशाख ०२, २०७८

सल्यान ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गर्नका लागि भन्दै सल्यानको कपुरकोटमा तेश्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । कपुरकोट ४ स्थित नेरामावि किमुचौरको प्रांगणमा विहिबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गापा प्रमुख भिम बहादुर सेनले प्रतियोगिताको उद्घाटन गरे ।

उत्कृष्ट खेलाडिहरुलाइ जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा सहभागी बनाउने उदेश्य सहित स्थानिय तहहरुमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन हुने गरेका छन । प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष सेनले खेलकुदले मानिसलाई अनुसासित र स्वस्थ बनाउने भन्दै खेलक्षेत्रको विकाश भएमात्र राष्ट्रको विकाश हुने बताए ।

खेललाइ कपुरकोटको पहिचान बनाउने उदेश्य अनुरुप आफुहरु निर्वाचित भएर आइसकेपछी खेलकुद विकास समिती निर्माण गरेर अघि बढेको जनाउदै उनले खेल क्षेत्रको विकासको लागि हातेमालो आवश्यक रहेको बताए ।

प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कपर्दी लगायतका खेलमा कपुरकोट गाउंपालिका भित्रका पाँचवटा माध्यमिक विद्यालयहरुको प्रतिस्पर्धा हुंदैछ ।

कार्यक्रममा गाउंपालिका उपाध्यक्ष तिला बुढा, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, वडा नं ४ का वडा अध्यक्ष हरिलाल पुन, नेकपा एमालेका प्रतिनिधि ओम बहादुर बुढा, नेपाली कांग्रेसका प्रतिनिधि दुर्गा बहादुर गिरि, माओबादी केन्द्रका प्रतिनिधि पवन नेपाली, सामुदायिक वन उपभोक्ता महासंघ कर्णालिका अध्यक्ष घनश्याम शर्मा,शिक्षक महासंघ कर्णालिका उप महासचिव बामदेव अधिकारी, सल्यान जिल्ला अध्यक्ष मधुसूदन गिरि, समाजसेवी भद्र सिंह बुढा, बिष्णु प्रसाद शर्मा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष रुपक बुढा, वाइसीएल नेपाल सल्यानका अध्यक्ष प्रकाश भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

खेलकुद विकास समिती कपुरकोटका अध्यक्ष द्रोण केसीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका कोषाध्यक्ष मित्र कठायतले स्वागत मन्तव्य राखेका थिए भने संचालन सचिव शेर बहादुर पुनले गरेका थिए ।

तपाईंको प्रतिक्रिया