एयरपोर्टमा ईन्धन डिपो निर्माणका लागि टेण्डर

 बैशाख १०, २०७८

तुलसीपुर ।

तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणका लागि टेण्डर आब्हान गरिएको छ । नेपाल आयल निगम अन्तर्गत इन्जेनिरीङ तथा परियोजना विभागले ३० दिने सूचना सहितको टेण्डर आब्हान गरेको हो ।

नगर प्रमुख घनश्याम पाण्डेको निरन्तरको ताकेतापछि निगमले टेण्डर आब्हान गरेको नगर प्रवक्ता श्याम डाँगीले बताउनुभयो । डिपो निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच कठ्ठा जग्गा उपलब्ध गराएपछि निर्माणको कामले गतिलिन थालेको हो ।

तपाईंको प्रतिक्रिया