कोरोना रोकथाममा हेलचक्र्याई नगरौं

 बैशाख ११, २०७८


दोस्रो लहरको कोरोना भाईरस संक्रमण सुरु भएयता दाङमा दैनिक जसो कोरोना संक्रमित थपिँदै गएका छन । जिल्लामा शुक्रवार मात्रै ८८ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको जिल्लामै र एक विद्यार्थीको भने जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको हो । अहिले तुलसीपुर र घोराही बढि प्रभावित छन ।

यसरी संक्रमित थपिदै जादा प्रदेश स्तरको कोरोना अस्पताल बेलझुण्डीमा बेड अभाव हुन थालेको छ । अस्पतालमा २५ बेडको क्षमता भएता पनि ३५ जनालाई पुग्ेनगरि मिलाइएको छ । बांकी संक्रमितले भुईमा बसेर उपचार लिईरहेको छन । अस्पतालमा अहिले ४१ जनाको उपचार भैरहेको छ । यसरी संक्रमित बढ्दै जादा अस्पतालमा बेड सगैं अक्सीजनको पनि अभाव हुन थालेको छ । तर दैनिक जसो संक्रमित बढीरहदा हेलचेक्र्याइँ पनि अत्यधिक बढेको पाइएको छ । जिल्लाका बजारहरुमा विना सावधानी भिडभाड उस्तै देखिएको छ ।

त्यसैगरी कोरोना रोकथामको लागि भौतिक दूरी कायम, मास्कको प्रयोगमा अधिकांश नागरिकले हेलचक्र्याई गर्दै आएका छन् । नागरीकहरुलाई मास्क लगाउनुस भन्दै अभियान नै चलाउनु परेको छ । सरसफाई देखि लिएर यी कुरामा ध्यान दिनु नै कोरोनाबाट बच्नु हो । तर यी सबै भनाईमा मात्रै सिमीत देखिन्छ । मास्क समेत नलगाई सर्वसाधरणले खुलयाम हिडडुल गरेको पाईन्छ भने स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै जिल्लामा विभिन्न खालका कार्यक्रम समेत भैरहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि यस्को अझै कार्यान्वयन भइरहेको छैन । यसमा सरकारी स्तरबाट अनुगमन प्रभावकारी हुन सकेको छैन । त्यस कारण कोरोनाको दोस्रो लहर विगतको जस्तो नभएको हुदा हेलचक्र्याई नगरी सजगता अपनाउन जरुरी छ ।

तपाईंको प्रतिक्रिया