घट्यो सुनको मूल्य

 बैशाख १२, २०७८

काठमाडौँ ।

आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।

यो सँगै आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया