चेन्नई आईपीएलको शिर्ष स्थानमा

 बैशाख १६, २०७८

काठमाडौं ।

 आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सहज जित निकालेको छ । दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न खेलमा चेन्नईले हैदरावादमाथि ७ विकेटको जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ६१ रन बनाउँदा कप्तान डेभिड वार्नरले ५७ रन बनाए। त्यस्तै, केन विलियमसनले २७ र केदार जादवले १२ रन जोडे ।

चेन्नईका लागि लुंगी एनगिडीले २ र साम करनले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको चेन्नईका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ७५ रन बनाउँदा फाफ डु प्लेसिसले ५६ रन जोडे ।जितसँगै चेन्नई १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उता ६ खेल मध्ये ५ खेलमा हार व्यहोरेको हैदरावादको प्लेअफ दौड कठिन भएको छ ।

तपाईंको प्रतिक्रिया