कोरोना संक्रमितको उपचार गर्न हापुरेमा ३० बेडको अस्पताल

 बैशाख १६, २०७८

दाङ ।

पश्चिम दाङको बबई गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हापुरेमा ३० बेडको अस्पताल सञ्चालन गर्ने भएको छ । आज बसेको गाउ पालिका, कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई १ लाख रुपैया सहयोग गर्ने निर्णय समेत गरेको छ । यसैगरी कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि २० लाखको कोष निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाका प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिनुभएको छ । त्यसैगरी बैठकले वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर वलीकि धर्मपत्नी युबा वलीको निधनप्रती श्रद्धाञ्जली ब्यक्त गर्दै समबेदना प्रकट गरेको छ ।

तपाईंको प्रतिक्रिया