५० बेड अक्सीजन सहितको आइसोलेसन बनाउदै तुलसीपुर

 बैशाख १७, २०७८


तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले अक्सीजन सहितको आईसोलेसन निर्माण कार्य तिव्र पारेको छ । तुलसीपुरको भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (मेट्रो हस्पिटल) मो ५० बेडको आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेका अनुसार अबको दुईदिन भित्र आइसोलेसन संचालनमा आउने छ ।

त्यहाँ अहिले विद्युत, धारा जडान, वाइरीङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम र शौचालयको निर्माण कार्य सम्पन्न भएको छ । शनिबार र आइतबारसम्म अक्सिजन र बेडको व्यवस्था गरिसक्ने शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो । अक्सिजनको अभावमा कोरोना संक्रमितको ज्यान जोखिममा परेकोले अक्सिजन सहितको आइसोलसन बनाउन थालिएको नगर प्रमुख घनश्याम पाण्डेले जानकरी दिनुभयो ।

आइसोलेसन सेन्टरको अनुगमण गर्दै नगर प्रमुख पाण्डेले छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गरेर कोरोना संक्रमितको उपचारमा ध्यान दिन उहाले निर्देशन समेत दिनुभयो ।

तपाईंको प्रतिक्रिया