थबाङ गाउँपालिकाको भवन बन्दै

 बैशाख १९, २०७८

तुलसीपुर । थबाङ गाउँपालिकाको प्रशासनिक भवन बन्न लागेेेकाे छ । भवनको गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती र उपाध्यक्ष रामकिरणी रोका द्वारा संयुक्त रुपमा शिलान्यास गरिएको हाे ।

गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा उपाध्यक्ष रामकिरणी रोका , मौसम रोका, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानिय बुद्धिजीवी ग्रीस पुन, कर्मचारी, निर्माण व्यवसायी लगायतको उपस्तिथि रहेको रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले निर्माण व्यवसायी सङ्ग भएको काम सम्पन्न गर्ने समय भन्दा अगाडि नै काम सम्पन्न गर्न व्यवसायीलाई आग्रह गर्नु भएको थियो भने निर्माण व्यवसायीले समयमै गुणस्तरीय काम गर्नेमा पनि आफूले विस्वास लिएको बताउनु भयो ।

कार्यक्रमको संचालन गाउँपालिका प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले गर्नु भएको थियो । न्यु ड्रागन निर्माण कम्पनी सँग ४ कराेड ५१ लाख २४ हजार ६ सय २१ रुपैयाको कुल लागतमा निर्माणको लागि सम्झौता भएको प्रेस संयाेजक बिमलराज डागिले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया