प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

 बैशाख २१, २०७८

फाेटाे : बाेम परियार,प्युठान ।

तुलसीपुर । प्युठानमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । ज्यान जानेमा प्युठान नगरपालिका -८ बाग्दुला बस्ने २१ बर्षीया समर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवी प्रसाद गैरेले जानकारी दिए ।

बहाने बजारबाट बाग्दुला तर्फ फर्कदै गरेको लु २ च ६७८१ नम्बरको उक्त जीप मंगलबार बेलुकी प्युठान नगरपालिका -८ दम्तीमा साढे ६ बजेको समयमा दुर्घटनामा परेको थियो । जीपका चालक गौमुखी-४ पुजाका २३ बर्षीया लोकेन्द्र केसि र गौमुखी -१ अर्खाका १७ बर्षीया कृष्ण सुनार घाईते भएका छन। उनिहरुको प्युठान जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ। दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे आवस्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

तपाईंको प्रतिक्रिया