एसईई र १२ कक्षाको परीक्षा अन्योलमा

 बैशाख २४, २०७८

काठमाडौँ । नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको वार्षिक परीक्षा अन्योलमा परेको छ । परीक्षाको मिति नजिकिँदै जाँदा स्कुले विद्यार्थीहरूमा पनि संक्रमण दर बढेको छ । संक्रमण नियन्त्रण गर्न देशका करिब ६० जिल्लामा निषेधाज्ञा छ ।

यता राष्ट्रिय परीक्षा बोर्ड भने परीक्षाका बारेमा अनिर्णित छ ।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यो महिनाभर हामी रोक र हेर भन्ने अवस्थामा रहेको हुदा कोरोना संक्रमणको अवस्था यस्तै रहेको खण्डमा आवश्यक निर्णय गर्ने बताए ।

उनका अनुसार यो महिनाको अन्तिममा परीक्षाको विषयमा निर्णय हुनेछ । परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले पनि परीक्षा सञ्चालनको विषयमा अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताए ।

तपाईंको प्रतिक्रिया