पिएसजी बराबरीमा रोकियाे

 बैशाख २७, २०७८

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पिएसजी रेन्नेजसँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा पिएसजीका लागि नेइमारले पहिलो हारको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गर्दै शुरुवाती अग्रता लिएपनि रेन्नेजका लागि खेलको ७०औ मिनेटमा सेरहोउ गुइरासीएले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलमा पिएसजीका प्रेसनल किमपेम्बेले खेलको ८७औ मिनेटमा रातो कार्ड पाएका थिए । यो हारपछि पिएसजीले यस सिजनको लिगको उपाधि जित्ने सम्भावना कम भएको छ । पिएसजीको ३६ खेलपछि ७६ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै लिलेको ३६ खेलमा ७९ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । अब लिले पिएसजी भन्दा स्पष्ट ३ अंकले अगाडी भएपछि यस सिजनको लिग जित्ने सम्भावना बढेको छ । त्यस्तै रेन्नेजको भने ३६ खेलपछि ५५ अंक रहेको छ र लिगमा सातौ स्थानमा छ ।

तपाईंको प्रतिक्रिया