माग सम्बोधनको लागी मन्त्रीलाई ‘एसएमएस’

 बैशाख ३१, २०७८

तुलसीपुर ।
वालविकास र विद्यालय कर्मचारीको तलव बृद्धिका लागि शिक्षा मन्त्री र अर्थमन्त्रीलाई एसएमएस पठाईएको छ । शिक्षक महासंघको केन्द्रीय आन्दोलन अन्र्तगत वालविकास र विद्यालय कर्मचारीको तलव बृद्धि गरियोस भन्ने नारा लेखी पठाइएको विद्यालय कर्मचारी परीषद्का केन्द्रीय उपाध्यक्ष गोविन्द घर्तिले जानकारी दिनुभयो ।

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र अर्थमन्त्री बिष्णु पौडेलको मोवाईल नम्बर र सामाजिक सञ्जाल मार्फत म्यासेज पठाईएको हो । यसरी देशभरबाट म्यासेज पठाईए पछि मन्त्रीहरुबाट तलव बढाउने बारे प्रयास भैरहेको प्रतिक्रिया आएको छ । लामो समय देखि न्युन तलवमा काम गर्दै आएका उनिहरुले यस पटक पनि तलव नबढे थप आन्दोलन गर्ने चेतावनि दिएका छन ।

तपाईंको प्रतिक्रिया