कोरोनाबाट बाँके र रुपन्देहीमा १० जनाको मृत्यु

 जेठ ०२, २०७८

काठमाडौं ।

कोरोना संक्रमणबाट बाँके र रुपन्देहीमा थप १० जनाको मृत्यु भएको छ । गए रातिदेखि आज बिहानसम्म बाँके र रुपन्देहीमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जानकारी दिएका छन्। बाँकेमा सात जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेजमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भेरी अस्पतालमा मृत्यु हुनेहरुमा नेपालगन्जका ६० वर्षीय पुरुष , कोहलपुरका ६७ वर्षीय पुरुष, बर्दिया मधुबनका ७१ वर्षीय पुरुष , बढैयातालका ५० वर्षीय पुरुष , ८७ वर्षीय पुरुष र रोल्पा रुम्टीगढीका ३५ वर्षीय पुरुष रहेका छन् । यसै गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कैलाली गौरीगंगाका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा नवलपरासी भूमहीका ४८ वर्षीय पुरुष , गुल्मी सत्यवतीका ४५ वर्षीय पुरुष र रुपन्देही तिलोत्तमाका ३६ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया