सांसद केसी श्वास्थ्य सामग्री लिएर दाङ आउदै

 जेठ ०२, २०७८

तुलसीपुर ।

दाङको लागि केहि श्वास्थ्य सामग्रि उपलब्ध भएको छ । दाङ निर्वाचन क्षेत्र ३ का संघिय सांसद हिराचन्द्र केसीको निरन्तर पहलमा उक्त सामग्रि आउन लागेको हो । जिल्लामा अक्सीजन लगायतको श्वास्थ्य सामग्रिको अभाव भएको हुदा कोरोना संक्रमीतको उपचारमा समस्या रहदै आएको छ । उक्त समस्याबारे निरन्तर रुपमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराउदै आएकोले उक्त सामग्रि प्राप्त भएको सांसद केसीका स्वकीय सचिव सन्तोष वलीले जानकारी दिनुभयो ।

सांसद केसी श्वास्थ्य सामग्रि लिएर काठमाण्डौंबाट हिडिसकेकोले भोली सोमवार विहान सम्म आईपुग्ने स्वकीय सचिव वलीले जानकारी दिए । जिल्लाबासीले भने कोरोना संक्रमितको उपचारमा केहि सहजता हुने अपेक्षा गरेका छन ।

तपाईंको प्रतिक्रिया