७४ जिल्लामा निषेधाज्ञा

 जेठ ०३, २०७८

काठमाण्डाै ।

देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रालयका अनुसार मनाङ, खोटाङ र तेह्रथुमबाहेक अरु जिल्लामा निषेधाज्ञा छ । ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । मुस्ताङ, सप्तरी, धनकुटा र ताप्लेजुङमा आंशिक तथा अरु जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको हो । काभ्रेमा दोस्रोपटक म्याद थप गरी निषेधाज्ञा लम्बिएको छ । गएराति १२ बजेदेखि आउँदो जेठ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

यसअघि दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी निषेधाज्ञा गरिएकोमा आजदेखि जिल्लाभरि नै लागू भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास गर्दै छन् ।

तपाईंको प्रतिक्रिया