वडा सरकार अबत केहि गर

 जेठ ०४, २०७८


देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले ढिलैगरि थालेको प्रयास प्रशंसा योग्य देखिएको छ । जिल्लाका पालीकाहरुले अक्सीजन सहित आईसोलेसन तयार पारेका छन । दाङको पश्चिम क्षेत्र हापुरे देखि लमही क्षेत्र सम्मका पालीकाले आईसोलेसन बनाएका छन । ती पालीकाका आईसोलेसनमा अहिले विरामीले सेवा लिईरहेका छन ।

यद्यपी अक्सीजन लगायतको अभावमा अझ बढि प्रभावकारी बन्न सकेको छैन । यसमा स्थानिय सरकारले आफ्नो तरतागत लगाएकै पाईन्छ । यसरी पालीका स्तरमा भएको योे भुमिकाको राम्रै मुल्याकन भैरहेको बेला वडा सरकार भने निदाएको देखिन्छ । सबै वडा सरकारको खटन पटन प्रभावकारी देखिदैन । यस्को चपेटामा ग्रामिन स्तरका नागरीकहरु परेका छन । घरैपिच्छे ज्वरो,रुघाखोकीका विरामीहरु देखिन्छन । न चेकजाच छ न कसैको सल्लाह छ । तैपनि आफ्नो दैनिकी गरेकै छन । यो अवस्थामा उनिहरुलाई भगवानकै भरोसा छ ।

उनिहरुको घरदैलोमा पुग्दैन वडा सरकार, न कुनै अन्य निकाय । आपत विपतमा हौसलाले ठुलो मद्दत गर्ने भएपनि त्यो हुन सकेको छैन । तर नागरीकहरु वडा सरकारलाई खोजेको छन । कोरोनाको चेकजाच देखि लिएर हरेक समस्याको समाधान चाहेका छन नागरीकले । यसका लागि केहि वडाको भुमिका राम्रो देखिएपनि अधिकाशं वडा सरकारलाइ भेट्न मुस्कील छ । यति मात्रै हैन । ग्रामिण भेगमा हरेक घरमा दिर्घरोगी छन । उनिहरुलाई हप्तै पिच्छे औषधि सेवन गर्नुपर्छ । लकडाउनको समयमा एक पत्ता औषधि लिन पाँच सय सम्म तिर्नुपर्ने अबस्था छ । त्यो पनि मुस्कील छ । गाँउका श्वास्थ्य संंस्थाले विरामी छुन मान्दैनन् ।

लामो समय देखि प्रेसर, सुगर जस्ता रोगहरुको जाचँ गराउन पाएका छैनन । जस्ले गर्दा दिर्घरोगीमा झन बढि समस्या निम्तने खतरा छ । तसर्थ यी यावत समस्याबारे केहि न केही जानकारी दिन सके जनताले अभिभावक भएको महशुस गर्थे होलान । जसरी पहिलो चरणको कोरोना महामारीका खटिएका थियौं, त्यसरी नै वडा सरकार भएको महुशस गराउन अव त केही गर ।

तपाईंको प्रतिक्रिया