कर्णाली विकास: १० महिनामा पूँजीगत खर्च १९ प्रतिशत मात्रै

 जेठ ११, २०७८

सुर्खेत । 

 कर्णालीको विकास गर्न पठाइएको बजेट प्रदेश सरकारकै खातामा थुप्रिएको छ । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को नारा तय गरी अघि बढेको कर्णाली सरकारले बजेट कार्यान्वयनमा भने ‘कछुवाको ताल’ देखाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनासम्म विकास तर्फको जम्मा १९ दशमलव २३ प्रतिशत बजेट खर्च गर्न सकेको छ । 

प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतको तथ्यांकअनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई महिना मात्रै बाँकी रहँदा पूँजीगत अर्थात विकास तर्फको बजेट करिब साढे १९ प्रतिशत मात्रै खर्च गरेको हो । पूँजीगततर्फ ९ अर्ब ६९ करोड एक लाख २१ हजार रुपैयाँ विनियोजन भएकोमा तीन अर्ब ६६ करोड ७० लाख ९० हजार ३८७ रुपैयाँमात्रै खर्च भएको छ । 

आर्थिक वर्ष सकिन अब मुस्किलले डेढ महिना बाँकी छ। तर, खर्च गर्नुपर्ने बजेट ८० प्रतिशतभन्दा बढी छ । कोरोना महामारी र आर्थिक वर्ष पनि अब धेरै नरहेकाले अब झण्डै १६ अर्ब रुपैयाँ बजेट खर्च गर्न असम्भव देखिएको छ । 

तपाईंको प्रतिक्रिया