गत वर्षकै जसरी एसईई गराउन मन्त्रालयको प्रस्ताव

 जेठ १७, २०७८

काठमाडौं ।

यही जेठभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) सकाएर नतिजा पनि प्रकाशन रिसक्ने कार्यक्रम शिक्षा मन्त्रालयको थियो । तर कोरोना त्रासका कारण गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने निर्णय मन्त्रालयले गरेपछि परिस्थिति अन्योलमय बनेको छ ।

त्यही अन्योललाई चिर्न शिक्षा मन्त्रालयले अग्रसर भएको छ। अर्थात् एसईई गत वर्षमा झैं आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । आज (सोमबार) बसेको मन्त्रालयको बैठकले गत वर्षकै विधिअनुरूप एसईई गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो । गत वर्ष मूल्यांकन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले (एसईई) कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो ।

तपाईंको प्रतिक्रिया