निषेधाज्ञाको समीक्षा गरी प्रतिवेदन पठाउन परिपत्र

 जेठ २८, २०७८

तुलसीपुर ।
गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

पदभार ग्रहणपछि गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो । परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित विकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ ।

तपाईंको प्रतिक्रिया