दंगीशरणमा स्वतन्त्र दलित संगठन गठन

 जेठ २८, २०७८

तुलसीपुर ।

दंगीशरण गाउँपालिका वडा नम्बर २ मा स्वतन्त्र दलित संगठन गठन भएको छ । वडामा रहेको दलितहरु एकजुट र एकताबद्ध रुपले दलितहरुको हकअधिकार , मुद्दा र समस्यालाई अगाडि बढाउन र समाधान गर्ने उदेश्यका साथ दलित संगठन गठन गरिएको संगठनका अध्यक्ष दिल बहादुर दमाई९भरत०ले बताउनु भएको छ ।

हरेक राजनीतिक दलहरुबाट दलितहरुलाई पन्छ्याउनुको साथै प्रमुख कार्यकारी पदहरुमा समेत दलितलाई पछाडि पार्ने र दलितहरुको आन्दोलन र मुद्दालाई ओझेल बनाउने संगठन गरिएको हो । स्वतन्त्र दलित संगठन जसको अध्यक्षमा दिल बहादुर दमाई (भरत) वरिष्ठ उपाध्यक्षमा दोर्ण विक,उपाध्यक्ष रेनुका नेपाली ,सचिव रमेश विक,सहसचिव चक्र मिलन विक , कोषाध्यक्ष सरिता परियार रहनुभएको छ ।

यस्तै सदस्यमा विष्णु नेपाली ,अर्जुन नेपाली ,राकेश नेपाली ,सुत्रीक विश्वकर्मा ,रेखा विक,चन्द्राकला वि।क,सोभाराम नेपाली ,लक्ष्मी नेपाली,प्रकाश परियार,प्रदिप नेपाली ,बुद्धिराम वि।क,घनश्याम विक,ज्ञान बहादुर विक,अम्मर रसाइली ,मैते दमाई सहित २१ सदस्यी हुनेगरी स्वतन्त्र दलित संगठन गरिएको छ। यस संगठनको सल्लाहकारमा लाल बहादुर विक, कल बहादुर नेपाली ,मित्रलाल वि।क,डम्बर कुमारी नेपाली र नेत्र बहादुर वि।क रहेका छन ।

तपाईंको प्रतिक्रिया