वडा नम्बर ६ र ७ का २१ घरलाई राहत

 जेठ २९, २०७८

तुलसीपुर ।
तुलसीपुरमा कोरोनाबाट प्रभावित असहाय तथा बिपन्न परीवारको लागि राहत वितरण कार्य जारी छ । अक्सीजनको लागी मेरो एक हजार अभियानका अभियन्ता पदम पोख्रेल जेठुकान्छुको पहलमा सुरु भएको यो अभियान शुक्रवार वडा नम्ब्र ६ र ७ मा पुगेको हो । जस अनुसार वडा नम्बर ६ र ७ का मा २१ घरपरिवारलाई प्रतिघर २५ किलो चामल , दाल , खाने तेल र नुन बितरण गरिएको अभियन्ता पोख्रेलले बताउनुभयो । ओरेन्टो मल्टी ट्रेड प्राली काठमाण्डौको सहयोगमा सुरु भएको अभियानको पहिलो दिन वडा नम्बर ५ र १३ मा राहत वितरण गरिएको थियो ।

कोरोना महामारीका कारण जारी लकडाउनमा समस्यामा परेका विपन्न घर परीवारको भोको पेटका लागि राहत अभियानमा सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभयो । सो अवसरमा एमाले नेतृ सुजिता शाक्य, वडा नम्बर ६ कि वडा सदस्य युवा करारा, अभियानकर्मि सुनिल आचार्य लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया