प्युठानमा कार दुर्घटना हुदा चालककाे मृत्यु

 जेठ २९, २०७८


शुुुुसिला बुुुढा मगर, प्यूठान । कार दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानी तर्फ जाँदै गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्वरको कार सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता,प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । कच्ची सडकमा चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। कार मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी नजिकै अाज दिउँसो दुर्घटना भएको गैरेले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया