कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ सम्म

 जेठ २९, २०७८

काठमाडौं ।

कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ सम्मका लागि तय भएको छ ।सभापति शेरबहादुर देउवाको निवासमा शनिबार सम्पन्न शीर्ष नेताहरूको बैठकले उक्त कार्यतालिका तय गरेको हो । कांग्रेसले यसअघि ७–१० भदौमा महाधिवेशनको तालिका सार्वजनिक गरेको थियो ।

नयाँ तालिकाअनुसार क्रियाशील सदस्यता छानविन समितिलाई सदस्यता छानविनका लागि २० असारसम्म समय दिइएको छ । सदस्यको सूची समितिले सभापति देउवालाई बुझाएपछि २४ असारमा सार्वजनिक गरिने भएको छ । यस्तै, ६ साउनदेखि तल्लो तहको अधिवेशन सुरु गरिने भएको छ ।

तपाईंको प्रतिक्रिया