मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

 जेठ ३०, २०७८

तुलसीपुर ।

राप्ती आँखा अस्पताल तुलसीपुर दाङले तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पुगेर नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीले नगर प्रमुख घनश्याम पाण्डेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कोभिड महामारी नियन्त्रण र यसको व्यवस्थापनका लागि कोरोना आइसोलेसन संचालन भएको तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको संघका अध्यक्ष गिरीले बताउनुभयो । सो अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले विपत्तीको बेला सहयोग गर्ने संघसंस्थाहरु सधै जनताको मनमनमा बस्ने बताउँदै सहयोगका लागि धन्यवाद दिनुभयो ।

एन.ए.वी.पी नर्वेको सहयोगमा राप्ती आँखा अस्पतालले सर्जिकल मास्क ७ हजार थान, अक्सिजन कन्सट्रेटर एक थान, सेनिटाइजर २० लिटर, ग्लोभ्स १० प्याकेट र पिपीई ३० थान उपलब्ध गराएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया