दाङमा सक्रिय संक्रमित संख्या चार सय

 जेठ ३०, २०७८

तुलसीपुर ।

दाङमा आज पनि कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढि देखिएको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार जिल्लामा ५२ जनामा संक्रमण देखिदा ८६ जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा १ सय जनामा परिक्षण गर्दा १७ महिला र ३५ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ ।

आज थपिएका ५२ जना सहित जिल्लामा बैशाख यता संक्रमित हुनेको संख्या ७ हजार ५ सय ७८ रहेको छ । अहिले जिल्लाका अधिकांश संक्रमित होमआईशोलेसनमा बसेका छन् । जसमा ३ सय ९ जना होमआईशोलेसनमा ९६ जना संस्थागत आईशोलेसनमा सामान्य उपचारमा ७२ जना रहेको छन भने आईसियुमा १५ जनाको उपचार भईरहेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ३ सय ९६ रहेको छ ।

तपाईंको प्रतिक्रिया