विभेद विरुद्ध एकजुट हुन आव्हान

 जेठ ३०, २०७८

तुलसीपुर ।

संयुक्त दलित युवा अभियानले दलितको वर्तमान अवस्था र जातीय विभेद तथा छुवाछूत मुक्त समाजमा युवाको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । पछिल्लो समय देशभरी जातीय घटना बढ्दै गएको र राज्य जिम्मेवार नभएको हुदा दलित युवाहरू आफू माथीको विभेद विरुद्ध एक जुट हुन आव्हान गरिएको छ ।

आफु माथि कुनै पनि समयमा जातिय विभेदको घटना हुनसक्ने भएकोले यसका विरुद्ध दलित युवाहरु एकताबद्ध भएर अघि बढ्ने कार्यक्रमले निचोड समेत निकालेको छ । अभियानका सदस्य तथा शिक्षा बिभाग प्रमुख लिलाधर नेपालीको स्वागत मन्तब्य तथा बिषय प्रबेशबाट सुरु भएको कार्यक्रममा युवाहरुले गाउँघर समुदायमा जतिय विभेद यथावत रहेकोले अभियानलाई गाउँ केन्द्रीत गर्न सुझाव दिएका थिए ।

अभियानका संयोजक खेमराज बिक सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रममा विविध बिषयमा उप संयोजक सेर बहादुर परियारले प्रशिक्षण मुलक भनाई राखेका थिए । तुलसीपुरमा आयोजित कार्यक्रममा अभियानता सन्तोष परियार, मदन मुस्कान बिक, ध्रुव बिस्वकर्मा लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमको सन्चालन सचीव उमेश परियार ले गर्नु भएको थियो।

यसैविच आजको कार्यक्रम सगैं अभियानको बोर्ड कमिटी तथा सचिवालयलाई बढाइएको छ भने विभिन्न बिभागहरुमा थप जिम्मेवारी प्रदान गरिएको छ ।

तपाईंको प्रतिक्रिया