मेट्रो अस्पताललाई ईन्जीनियरको सहयोग

 जेठ ३१, २०७८

तुलसीपुर ।

दाङमा रहेका ईन्जीनियरको पहलमा तुलसीपुरको मेट्रो अस्पताललाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोरोना आईसोेलेसनको उपचार प्रभावकारी बनाउन नगद १ लाख ६ सय ४६ रुपैया नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको ईन्जीनियर प्रमोद रेग्मीले बताउनुभयो । यो रकम देशभरका ईन्जीयिनरबाट प्राप्त रकम हो ।

उक्त रकम बुझ्दै नगर प्रमुख पाण्डेले देश निर्माणमा महत्वपुर्ण भुुमिका खेल्दै आएका ईन्जीनियरहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा ईन्जीनियर प्रमोद रेग्मी, श्रीधर डाँगी, पदम पोख्रेल,विक्रम बाबु केसी,अपिल आचार्य लगायतको सहभागीता रहेको थियो ।

सहयोग विवरण यस्तो छ

तपाईंको प्रतिक्रिया