बाख्रा उपहार पाउदा बबईका कृषक खुसी

 असार २८, २०७८

तुलसीपुर ।
पश्चिम दाङको बबई गाउँपालिकाले दुई वटा कृषि समूहलाई बाख्रा उपहार दिएको छ । बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना मार्फत बबई गाउँपालिकाका १ का सिर्जनशील महिला कृषि समुह र नबज्योति महिला कृषि समुहका ५० जना सदस्यलाई बाख्रा उपहार दिएको हो ।
बबई गाउँपालिका, हेफर प्रोजेक्ट र सिड सस्थाको सयुक्त साझेदारीमा परियोजना सञ्चालन भइरहेको छ । बाख्रा उपहारमा उपलब्ध गराउनका लागि ५ लाख ६० हजार बजेट ब्यबस्थापन गरिएको परियोजना संयोजक हिरालाल खड्काले जानकारी दिनुभएको छ ।

पहिलो चरणमा बबई गाउँपालिका वडा नम्बर १ का सिर्जनशील र नवज्योतिलाई बाख्रा उपहारमा उपलब्ध गराइएको हो । मदाने, कप्ताने र ओदालेमा गठन गरिएका समुहका सदस्यको आर्थिक अबस्थाको मुल्यांकन गरी बाख्रा उपलब्ध गराइएको हो । दुई समुहका ५० जना सदस्यलाई पहिलो चरणमा बाख्रा उपहार दिइएको हो । पहिलो चरणमा उपहारमा बाख्रा प्राप्त गर्ने सदस्यहरुले अर्को बर्ष बाख्रा नै फिर्ता गर्नुपर्ने ब्यबस्था रहेको संयोजक खड्काले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया