दंगीशरणमा मौरी पालन र तरकारी उत्पादन सम्बन्धि अभिमुखिकरण

 असार २९, २०७८

दिप्तीशिखा चौधरी, तुलसीपुर ।

पश्चिम दाङको दंगीशरणमा मौरी पालन तथा प्राङ्गारीक तरकारी बाली उत्पादन सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । ग्रीन फाउन्डेसन नेपालको आयोजना तथा दंगीशरण गाउँपालिका, राष्ट्रिय युवा परिषद दाङ र गाउँपालिका स्तरीय युवा संजालको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो । ग्रीन फाउन्डेसन नेपाल दंगीशरण शाखाका संयोजक मेघनाथ शाहको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रशिक्षक गाउँपालिकाका कृषि शाखा प्रमुख सरु भुसाल र कृषि प्राबिधिक मान बहादुर डाँगी रहनु भएको थियो ।

गोष्ठिमा तरकारी बालीमा लाग्ने किरा ब्यवस्थापनका लागि कुन खाले किटनासक औषधि प्रयोग गर्ने कसरी गर्ने , ध्यान दिनु पर्ने कुराका विषयमा प्रशिक्षण दिइएको थियो । यस्तै मौरी पालन कसरी गर्ने, यसको वर्तमान अवस्था, अवसर समस्या र चुनौतीका विषयमा कृषकलाई जानकारी गराईएको थियो । सीता डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ग्रिन फाउन्डेसन नेपाल दाङका कोषाध्यक्ष खुम प्रसाद भन्दारी , गाउँपालीकाका स्थानीय परियोजना संयोजक दिपक परियार,युवा सन्जाल अध्यक्ष चक्र मिलन बिस्वकर्मा, लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको शहजीकरण ग्रीन फाउण्डेसन नेपाल तुलसीपुरका संयोजक तेज राज वलीले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका ७० भन्दा वढि कृषकहरूको सहभागीता रहेको थियो ।

तपाईंको प्रतिक्रिया