भारतीय रेल ल्याएर जनकपुर-जयनगर रेल्वे ट्रयाकको परीक्षण

 साउन ०३, २०७८

जनकपुरधाम । लिक बनाएको दुई वर्षपछि जनकपुर-जयनगर रेल्वे खण्डको ट्रयाकको परीक्षण गरिएको छ । आफ्नो रेल हुँदाहुँदै भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको हो ।

आइतबार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको छ । नेपालले गत वर्ष खरीद गरेर ल्याएको रेलले नै ट्रयाक परीक्षण गर्ने बताइएको थियो । तर, भारतीय रेल ल्याएर परीक्षण गरिएको हो ।

ट्रयाक परीक्षण गर्दा १२० किलोमिटर प्रति घण्टा दौड्ने भनिएपनि गति कमै देखिएको स्थानीयले बताएका छन् । ट्रयाक परीक्षण सफल भएको रेल्बे साइट इन्जिनियर बिनोल ओझाले बताए ।

तपाईंको प्रतिक्रिया