शिक्षक महासंघको धर्ना

 साउन ०८, २०७८

काठमाडौं । आन्दोलनरत् नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा तीन घण्टा धर्ना दिएका छन् । सरकारले तोकेको पोशाकमा उपस्थित भई शुक्रबार शिक्षकहरुले धर्ना दिएका हुन् । प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपने लगायतका माग १४ सूत्रीय माग राखी शिक्षक महासंघ आन्दोलनमा छ ।

आफूहरुले राखेका मागमध्ये हालसम्म कोरोना खोपसम्बन्धी मात्रै सुनुवाइ भएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । प्रारम्भिक बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्घि गर्ने निर्णय गरे पनि स्पष्ट नभएको उनले बताए ।

सरकारले प्रारिम्भक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्घि गरेर १५ हजार दिइने बजेट वक्तव्यमार्फत घोषणा गरेको थियो । जसमा संघीय सरकारले आठ हजार र बाँकी स्थानीय तहले बेहोर्नुपर्ने जनाएको थियो ।

तपाईंको प्रतिक्रिया