घोराही उपमहानगरद्धारा एक बर्षमा ३५ किलोमिटर सडक कालोपत्रे

 साउन ०८, २०७८


तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकाले वितेको आर्थिक बर्षमा करिब ८० प्रतिशत रकम खर्च गरेको छ । उपमहानगरपालिकाले बार्षिक समिक्षा कार्यक्रम गर्दै चालू र पूँजीगत बजेटको ७९ दशमल ५४ प्रतिशत बजेट खर्च भएको जानकारी दिएको हो । चालू तर्फको १ अर्ब २१ करोड ४१ लाख १४ हजार रुपैयाँ मध्य ८८ दशमलब ३७ प्रतिशत अर्थात १ अर्ब ७ करोड २९ लाख ३ हजार रुपैयाँ खर्च भएको तथ्यांक एवं सूचना अधिकारी भीमबहादुर चौधरीले बताउनुभएको छ ।

त्यसैगरी, पूँजीगत तर्फ १ अर्ब ५ करोड ४८ लाख ३५ हजार रुपैयाँ मध्य ६९ दशमलब ४ अर्थात ७३ करोड २० लाख २९ हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।
कूल २ अर्ब २६ करोड ८९ लाख ५० हजार रुपैयाँ मध्य १ अर्ब ८० करोड ४९ लाख ३३ हजार रुपैयाँ खर्च भएको छ ।

एक बर्षमा नगरले ३५ दशमलब ४८ किलोमिटर कालोपत्रे, ४१ किलो मिटर ग्राभेल, ३३ किलोमिटर नयाँ ट्रयाक खोलिएको, ६ किलोमिटर मर्मत, १८ वटा कल्भर्ट निर्माण गरेको छ ।

तपाईंको प्रतिक्रिया