मदन मुस्कानको तिज गित ‘नक्कली मोरी’ बजारमा (भिडियो सहित)

 साउन ०८, २०७८

तुलसीपुर । महिलाको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै तिज गितहरु बजारमा आउने क्रम जारी रहेको छ । कोरोनाका कारण पहिलेको तुलनामा तिज गित बजारमा कम आएका छन । यसैक्रममा दाङ तुलसीपुर निबासी गायक तथा संगीतकार मदन बिक मुस्कानले नयाँ तिज गित भर्खरै बजारमा ल्याउनु भएको छ ।

उहाले तिज कोशेली नक्कली मोरी गित सार्वजनिक गर्नुभएको हो । उक्त गितमा उहालाई गायिका रेजिना परियारले साथ दिनुभएको छ । आफ्नै युटुव च्यानलबाट बजारमा ल्याईएको गितमा आफनै रचना र अभिनय रहेको रछ । यो गितबाट सुनेर हेरेर प्रतिक्रिया दिन उहाले आग्रह गर्नुभएको छ ।

गितको भिडियोमा करिना डाँगी, रचना खड्का , साबित्रा बिक ,ससा सिंह, सुसान क्षेत्री, तुफान वलि लगाएतका कलाकारहरुको अभिनय छ । यस अघि उहाले स्वर र संगीत दिएका दुई दर्जन बढी गीत बजारमा छन । ती मध्ये यसपालि त उडाउछु माया तुलसीपुरमा धुलो भन्ने गितले धेरै दर्शकको मन जितेको थियो ।

तपाईंको प्रतिक्रिया