दक्षिण कोरियामा कोरोनाको चौथो लहर

 साउन १०, २०७८

दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही सातादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसियु शय्यासमेत अभाव हुन थालेको छ ।

कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन् ।

स्वास्थ्य विभागका अनुसार केही सातादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट)को समेत लक्षण देखिएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजारबढी बढी छन् । यो भाइरस उच्च गतिमा संक्रमण हुने गर्दछ ।

तपाईंको प्रतिक्रिया